आठौँ राष्ट्रिय खेलकुद्मा पुरुष तथा महिला फुटबलका सेमिफाइनल खेल आज हुँदै

काठमाडौ । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष तथा महिला फुटबलका सेमिफाइनल खेल आज हुँदैछन् । आज हुने सेमिफाइनलका खेल बिहान र अपरान्ह गरी एकैदिन खेलाइने छ ।

पुरुष फुटबल नेपालगञ्जको रङ्गशालामा हुनेछ भने महिला फुटबल दाङको बेलझुण्डीस्थित रङ्गशालामा हुनेछ । नेपालगञ्ज रङ्गशालामा बिहान हुने पहिलो सेमिफाइलनमा त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर ५ सँग खेल्दैछ ।

दोस्रो सेमिफाईनलमा अपरान्ह नेपाल पुलिस र एपीएफबीच प्रतिस्पर्धा हुनेछ । नेपालगञ्ज रङ्गशालामा हुने खेल साँझ ४ बजे सुरु हुनेछ । नेपाल पुलिस समूह ख को विजेता हो भने एपीएफ समूह क को उपविजेता टिम हो ।

दाङको बेलझुण्डीमा हुने महिला स्पर्धाको पहिलो सेमिफाइलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर ३ सँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाईनलमा पुलिस र एपीएफबीच हुनेछ । दिउँसो ४ बजे खेल सुरु हुनेछ । पुलिस समूह ख को विजेता र एपीएफ क्लब समूह क को उपविजेता बन्दै सेमिफाईनल पुगेको हो ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..