आइपीएलमा दिल्लीको जित, आज चेन्नई र हैदरावाद खेल्दै

काठमाडौ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगितामा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच खेल हुँदैछ ।

चेन्नईमा हुने आजको खेल राति ८ बजेबाट सुरु हुनेछ । १० खेल खेलेको चेन्नई १४ अङ्क सहित तालिकाको दोस्रो स्थानमा छ । ९ खेल खेलेको हैदरावाद १० अङ्क सहित चौथो स्थानमा छ । यसअघि हिजो भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गर्दै दिल्ली तालिकाको शिर्ष स्थानमा उक्लेको छ । राजस्थानले दिएको १ सय ९२ रनको लक्ष्य दिल्लीले १९ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पुरा ग-यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।

जितसँगै दिल्लीले ११ खेलबाट १४ अङ्क जोड्दै शिर्ष स्थानमा उक्लेको छ । पराजित राजस्थान पुछारबाट दोस्रो स्थानमा छ । राजस्थानले १० खेलमा ६ अङ्क जोडेको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..