भारतमा लोकसभा चुनाव अन्तर्गत आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौ । लोकसभा चुनाव अन्तर्गत आज भारतमा तेस्रो चरणको मतदान हुँदैछ । १४ राज्य र केन्द्रशासित प्रदेश अन्र्तगत आज १ सय १६ सिटका लागि बिहानैदेखि मतदान जारी छ ।

तेस्रो चरणको चुनावमा आज भारतको मुख्य राज्य गुजरात र केरलमा मतदान भइरहेको छ । ७ चरणमा भएको लोकसभा चुनावका लागि आज भारतको दुई मुख्य दल भारतीय जनता पार्टी र कांग्रेस अध्यक्षका साथै केन्द्रिय मन्त्रीहरुको लागि पनि मतदान भइरहेको छ ।

भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह गुजरातबाट चुनावी मैदानमा हुुनुहुन्छ भने कांग्रेस अध्यक्ष राहुल गान्धी केरला राज्यको वायनाडबाट चुनावी मैदानमा हुनुहुन्छ ।

देश कै मुख्य दुई ठूलो दलका अध्यक्ष चुनावी मैदानमा भएका कारण पनि आजको मतदान निकै महत्वपूर्ण मानिएको छ । चुनावका लागि बिहानैदेखि मतदाताहरु मतदान केन्द्रमा पुगेका छन् । चुनावमा कुनैपनि अप्रिय घटना नहोस् भन्दै सुरक्षा व्यवस्था पनि निकै कडा बनाइएको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..