माडी गोल्डकप फुटबलमा रामपुर सेमिफाईनलमा प्रवेश

चितवन । चितवनको माडीमा जारी माडी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज तेस्रो क्वाटरफाईनल खेल हुँदैछ ।

आज हुने खेलमा एभरेष्ट क्लब चितवन र नयाँबस्ती युवा क्लब नयाँबस्ती चितवनबीच प्रतिस्पर्धा हुनेछ । यसअघि हिजो भएको खेलमा रामपुर फुटवल क्लव सेमिफाईनलमा प्रवेश गरेको छ ।

हैटौडा फुटवल एकेडेमीलाई ३–२ गोल अन्तरले पराजित गदै रामपुरले सेमिफाईनलमा स्थान सुरक्षित गरेको हो । खेलको म्यान अफ द म्याच रामपुर फुटवल क्लवका १ गोल गर्न सफल खेलाडी अनिल राना मगर घोषित हुनुभएको छ ।

वैशाख १५ गते सम्म चल्ने प्रतियोगितामा चितवन, नवलपुर, मकवानपुर, पर्सा र तनहूँ जिल्लाका गरी १६ वटा टोलीले सहभागिता जनाएका छन् ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..