भूकम्पपछिको पुनर्निर्माण : निजी आवासमा ८० प्रतिशत प्रगतिः प्राधिकरण

काठमाडौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माण अन्तरगत निजी आवास पुनर्निर्माणमा ८० प्रतिशत उपलब्धी हासिल गरेको जनाएको छ ।

अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३ सय ७ परिवारमध्ये ६ लाख १२ हजार ९ सय ३५ परिवार पुनर्निर्माणको प्रक्रियामा रहेको प्राधिकरणले जनाएको हो । जसमध्ये ५० प्रतिशत अर्थात् ३ लाख ८२ हजार २ सय ७७ परिवारले घर पुनर्निर्माण सकिसकेका छन् ।

बाँकी ३० प्रतिशत (२ लाख ३० हजार ६ सय ५८) परिवार पुनर्निर्माणका क्रममा रहेका जनाइएको छ । विद्यालय पुननिर्माणमा ८३ प्रतिशत प्रगति भएको प्राकिरणको भनाइ छ । भूकम्पबाट ७ हजार ५ सय ५३ विद्यालय क्षति भएकोमा ५९ प्रतिशत अर्थात् ४ हजार ४ सय ७६ विद्यालयको पुनर्निर्माण सकिएको र एकहजार ७ सय ७२ विद्यालय पुनर्निर्माणको क्रममा रहेको जनाइएको छ ।

प्राधिकरणका अनुसार स्वास्थ्य संस्था पुनर्निर्माणतर्फ ६६ प्रतिशत उपलब्धी हासिल भएको छ । जसमा ५४ प्रतिशत (६४३) को पुनर्निर्माण सकिएको छ भने १२ प्रतिशत (१४५) पुनर्निर्माणको क्रममा रहेका छन् । पुरातात्विक महत्वको सम्पदा पुनर्निर्माण अन्तरगत २२४ वटा अर्थात् ३० प्रतिशत पुननिर्माण सम्पन्न भएको र २२१ वटा अर्थात् २९ प्रतिशत पुनर्निर्माणको क्रममा रहेको छ ।

सुरक्षा निकायका भवनहरुको पुनर्निर्माणमा १४५ को पुनर्निर्माण सम्पन्न भएको छ भने ७१ वटा भवन पुनर्निर्माणको क्रममा रहेको छ । यस्तै सरकारी भवनको पुनर्निर्माणमा ९८ प्रतिशत उपलब्धी हासिल भएको र जसमा ६३ प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको र ३५ प्रतिशत पुनर्निर्माणको क्रममा रहेको जनाएको छ ।

निजी आवास, शैक्षिक संस्था, स्वास्थ्य संस्था, पुरातात्विक सम्पदा, सुरक्षा निकायका भवन, सरकारी भवन, सडक, खानेपानी जस्ता संरचनाहरुको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम गरेको प्राधिकरणले जानकारी दिएको हो । प्राधिकरणले पुनर्निर्माण र पुनःस्थापनाको कार्य सम्पन्न गर्न सबैभन्दा ठूलो चुनौति वित्तीय व्यवस्थापन देखिएको जनाएको छ ।

पुनर्निर्माण र पुर्नस्थापनाको पञ्चवर्षीय योजनामा समग्र लागत ९ खर्ब ३८ अर्ब आँकलन गरिएकोमा आर्थिक वर्ष ०७४/०७५ मा कूल १ खर्ब ८६ अर्ब रकम खर्च भएको छ । यस्तै चालू आर्थिक वर्षमा जम्मा १ खर्ब २३ अर्ब खर्च गर्ने परिमार्जित लक्ष्य लिइएको सीईओ ज्ञवालीले जानकारी दिनुभयो । प्राधिकरणले पुनर्निर्माण कार्य सम्पन्न गर्न करीब ४ खर्ब २९ अर्ब थप रकम आवश्यक पर्ने प्राधिकरणले जनाएको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..