
रौतहट । मौसममा आएको परिवर्तनसँगै रौतहट जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ ।
जिल्ला अस्पताल गौर,चन्द्रनिगाहपुर लगायतका स्वास्थ्य संस्थामा दैनिक बिरामीको चाप बढ्दै गएका स्वास्थ्य संस्थाले जनाएको छ ।
मौसमी ज्वरो, रुघाखोकी, झाडा पखाला लगायतका बिरामीको सङ्ख्या बढेको चन्द्रपुर अस्पतालका डाक्टर सुवास चोधरीले जानकारी दिनुभयो । चन्द्रनिगाहपुर अस्पतालमा दैनिक एक सय जनाको हाराहारीमा बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।
सरकारले प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने भए पनि आधा औषधि पनि नभएको स्वास्थ्यकर्मीहरुको भनाइ रहेको छ ।