रौतहट नेकपाका भट्टराईद्धारा सचिव पद अस्वीकार

रौतहट । नेकपाका केन्द्रीय सदस्य युवराज भट्टराईले रौतहट जिल्ला सचिव पद अस्विकार गर्नुभएको छ ।

सत्तारुढ दल नेकपाका जिल्ला सचिवको जिम्मेवारी पाउनु भएका भट्टराई सहितका ७ जना नेताले जिम्मेवारी अस्विकार गरेका हुन् ।

नेता भट्टराईले अध्यक्ष पुष्पकमल दाहाललाई रौतहट जिल्लाको पदिय जिम्मेवारी अस्विकार गर्ने जानकारी दिनु भएको जनाइएको छ । नेकपामा ७७ जिल्लाको अध्यक्ष र सचिव टुंगो लगाउँदा ७ जना जिल्ला अध्यक्ष र ८ जना जिल्ला सचिव केन्द्रिय समितिबाट परेको जनाइएको छ ।

सचिव भटटराईले आज बिहान अध्यक्ष दाहाललाई लिखित रुपमा नै असहमति पत्र बुझाउनु भएको नेताहरुले बताएका छन् ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..