
घरमा सुख–समृद्धि भइरहोस भन्ने सबैको चाहना हुन्छ। त्यसकालागि शास्त्रमा केही उपाय पनि बताइएको छ। महाभारत कालमा युधिष्ठिरले श्रीकृष्णसँग घरमा सधैं सुख–समृद्धि भइराख्नलाई के गर्नुपर्छ भन्दै प्रश्न गरे।
जवाफमा श्रीकृष्णले केही यस्ता चिज हुन्छन् जसलाई सधैं घरमा राख्नुपर्छ। जुन घरमा यस्ता चीज हुन्छन् त्यस्ता घरमा सधैं सुख र समृद्धि भइराख्छ।
घ्यू
घरको मन्दिरमा गाईको घ्यूबाट दियो बाल्नुपर्छ। भगवानको प्रसाद गाईको घ्यूको उपयोग गर्दै बनाउनु पर्छ। गाईको दूधबाट बनेको घ्यू स्वास्थ्यकालागि फाइदाजनक हुन्छ।
शुद्ध पानी
हामीले आफ्नो घरमा पिउनकालागि शुद्ध पानी सधैं राख्नुपर्छ। र घरमा जहिले पनि पाउना आउँदा सबैभन्दा पहिला चिसो पानी दिनुपर्छ। शुद्ध पानी राम्रो स्वास्थ्यकालागि निकै आवश्यक हुन्छ।
मह
घरमा नकारात्मक उर्जा छ भने महको सकारात्मक उर्जाबाट नकारात्मक उर्जा हट्छ। महलाई कुनै सफा र सुरक्षित स्थानमा राख्नुपर्छ।
चन्दन
चन्दनको तिलक लगाउँदा हाम्रो मनमा शान्ति हुन्छ। पूजा–पाठमा पनि यसको विशेष महत्व छ। यसको सुगन्धनले वातावरणमा नै सकारात्मक उर्जाको संचार हुन्छ।
वीणा
विद्या, ज्ञान र बुद्धिकी देवी सरस्वतीको हातमा सधैं वीणा हुन्छ। यदि तपाइँ आफ्नो ज्ञान बढाउन चाहनुहुन्छ भने घरमा वीणा राख्नुपर्छ।
बाँसुरी
जुन घरमा बाँसुरी राखिएको हुन्छ, त्यो घरमा प्रेम र शान्तिको बास हुन्छ। घरमा बाँसको बाँसुरी राख्नुपर्छ।एजेन्सी