विप्लव समूहका नेता हेमन्तप्रकाश वली पुर्पक्षका लागि थुनामा

काठमाडौं । प्रतिबन्धित नेकपका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली (सुुदर्शन)लाई जिल्ला अदालत, ललितपुरले थुनामा राख्न आदेश दिएको छ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको सो पार्टीमाथि सरकारले गएको फागुन २८ मा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लागेको दुई हप्तापछि वली पक्राउ परेका थिए ।

सुदर्शनलाई काभ्रेबाट राजधानीबाट छिर्दै गर्दा महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको थियो ।

नख्खुमा रहेको एनसेल मुख्यालय अगाडि एक जनाको मृत्यु र ३ जना घाइते हुने गरी भएको विष्फोटमा संलग्न सुदर्शनसहित अन्यलाई अदालतको आदेशपछि नख्खु कारागार चलान गरिएको छ ।

थुनामा पठाइएका अन्यमा शिव धमला भन्ने शिव धिमाल, दयाङ भन्ने दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर परिवार भनिने ईश्वर दमाई र जुम्ली भनिने विरबहादुर कठायत छन् ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..