राजपाको पदाधिकारी बैठक आज बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौ । राष्ट्रिय जनता पार्टी (राजपा)को पदाधिकारी बैठक आज पनि बस्दैछ ।

पार्टी एकीकरण र एकता महाधिवेशनको विषयमा छलफल गर्न बस्न लागेको बैठकमा एक या सामुहिक नेतृत्व भन्नेमा बहस हुनेछ । प्रवक्ता केशव झाले बैठकमा संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गर्ने कि नगर्ने, गर्ने हो भने कुन मोडलमा गर्ने भन्ने विषयमा पनि छलफल हुने जानकारी दिनुभयो ।

त्यस्तै सरकारले गरेको कामको समीक्षासहित आफ्नो धारणा पनि बनाउने राजपाको तयारी छ । बैशाख ७, ८ र ९ गते हुने भनिएको राजपाको महाधिवेशन पछि सरेपनि कहिले गर्ने भन्ने टुङगो लाग्न सकेको छैन ।

तोकिएको समयमा किन महाधिवेशन गराउन सकिएन, त्यसको समीक्षा पनि बैठकमा हुनुका साथै नयाँ मिति तोक्ने विषयमा समेत छलफल हुने छ ।

पार्टीमा विशेष एकता अधिवेशन गर्ने प्रस्ताव पनि आएको छ । पार्टी अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले गरेको प्रस्तावमा पार्टीभित्र सहमति भने हुन सकेको छैन । बैठक बिहान ११ बजेपछि काठमाडौको बबरमहलमा रहेका कार्यालयमा बस्नेछ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..