झापामा मलेरिया रोगी घटे

झापा । झापामा मलेरियाका बिरामीको संख्या घटेको छ । पछिल्लो समय मलेरियाका बिरामीको संख्यामा कमी आएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

तथ्यांक अनुसार चालु आर्थिक वर्षमा तीन जना मात्र मलेरियाका बिरामी भेटिएका छन् । ती मध्ये दुईजना भारतीय र एक जना नेपाली रहेका स्वास्थ्य कार्यालयका सुपरभाईजर जीवन चौलागाईले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७३÷०७४ मा जिल्लामा २२ जनामा मलेरिया भेटिएको थियो । ति सबै भारतीय भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..