
बझाङ । बझाङमा परम्परागत पानी घट्ट लोपहुने अवस्थामा पुगेको छ ।
पुर्खाहरूले चामल, गहुँ लगाएत अन्न बाली पिस्न प्रयोग गर्दै आएका पानी घट्टको विकल्पमा विद्युतिय मेसिनहरु चल्न थालेपछि पानी घट्ट लोप हुने अवस्थामा पुगेको हो ।
गाउँघरमा आधुनिक विद्युतीय र डिजेलबाट चल्ने मिल स्थापना भएसंगै परम्परागत पानी घट्ट मात्र नभएर गाउँघरमा चल्ने ढिकी, जाँतो समेत विस्तारै लोप हुन थालेका छन् ।