अंगीकृतका सन्तानलाई बंशजको नागरिकता नदिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले अंगीकृत नागरिकका सन्तानलाई बंशजको नागरिकता वितरण नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र पुरुषोत्तम भण्डारीको इजलासले शुक्रबार गृह मन्त्रालयको सकुर्लर अनुसार नागरिकता वितरण नगर्न आदेश जारी गरेको हो ।

यसअघि गृहको सर्कुलर अनुसार नागरिकता वितरण नरोक्नू भनेको सर्वोच्च अदालतले आफ्नै आदेशको खण्डन गर्दै नागरिकता वितरणमाथि अन्तरिम रोक लगाइदिएको छ ।

सर्वोच्चमा परेको अर्को रिटमाथि छलफल गर्दै शुक्रबार हरिकृष्ण कार्की र बमबहादुर श्रेष्ठको आदेशविपरीत अर्को आदेश आएको हो । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र पुरुषोत्तम भण्डारीको इजलासमा परेको रिटमाथिको आदेशमा गृहमन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न नगराउन भनिएको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..