जिउँदै जलाइएकी महिलाको मृत्यु, सासु पक्राउ

काठमाडौं । सिरहामा जिउँदै जलाइएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। बिहीबार जलेको अस्वस्थामा फेला परेकी रिसिरहा नगरपालिका वडा नम्बर ८ की २१ वर्षीया कञ्चन मण्डलको शुक्रबार अपराह्न सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संल्गन रहेको आशंकामा उनकी सासुलाई पक्राउ गरेको छ ।

सासुलाई पक्राउ गरिएको र श्रीमान फरार रहेको जिल्ला प्रहरी कार्यालउ सिराहाका नायव उपरीक्षक शुकदेव खनालले डिसिनेपाललाई जानकारी दिए । उनले घाइते रहेकी कञ्चनले दिएको बयानका आधारमा सासुलाई पक्राउ गरिएको बताए । तर, घटनाको बसै विवरण भने खुलिनसेको उनले बताए ।

घरममा जलेको अस्वस्थामा स्थानीय फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरपछि कञ्चनलाई प्रहरीले उपचारका लागि सहयोग गरेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए । कञ्चनलाई शुरुमा धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । त्यहाँ उनको उपचार हुन नसकेपछि शहुक्रबारै उनलाई सुष्मा कोइराला मेमोरियल अस्पताल साँखु काठमाडौं ल्याइएको थियो ।

उनलाई अस्पतला ल्याइपुर्याएको केही समयमा नै डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ । डाक्टरहरुले उनलाई शुक्रबार ५ बजेपछि मृत घोषणा गरेका थिए ।

जिउँदै कञ्चनलाई आगो लगाएको आरोपमा सासु पक्राउ परे पनि प्रहरीले किन आगो लगाइयो भन्ने विषयमा अनुसन्धान जारी रहेको बताएको छ । कञ्चनको बिहे दुई वर्ष अगाडि भएको थियो । तराईमा यसप्रकारका घटनाका पछाडि दाइजो एक कारण रहने गर्छ । यो घटनाको कारण भने हाल खुलेको छैन । डिएसपी खनालले अनुसन्धान जारी रहेकाले बाँकी कुरा पनि विस्तारै खुल्ने बताए ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..