मौसम भविष्यवाणीमा अझै ५० वर्ष पुरानै प्रविधि

काठमाडौ । गत चैत १७ गते बारा र पर्साका केही निश्चित क्षेत्रमा आएको टोर्नाडोपछि मौसमी भविष्यवाणी र पूर्वचेतावनीमा नेपाल कति कमजोर छ भन्ने स्पष्ट भयो र बहस पनि सघन हुँदै छ।

त्यो घटना टोर्नाडो हो वा हावाहुरी भन्ने खुट्याउन नेपाली वैज्ञानिकलाई केही दिन लाग्यो। त्यसपछि नेपालको मौसम पूर्वानुमानको स्तरबारे चर्चा सुरु भयो। केही वर्ष पहिलेसम्म मौसमको जानकारी पाउन सर्वसाधारण धेरैले आकाशतिर आँखा लगाउँथे तर हिजोआज ‘मोबाइल एप्स’ तिर धेरैको आँखा जान्छ।

हवाइ उडान, कृषि, स्वास्थ्य सेवादेखि आमा मानिसका दैनिकीमा मौसमी सूचना महत्त्वपूर्ण मानिन्छ। नेपालमा सर्वसाधारणलाई मौसमबारे जानकारी दिन थालेको ५० वर्ष पूरा भए पनि प्रविधि र जनशक्तिका हिसाबले हामी निकै पछाडि रहेको जानकारी सार्वजनिक हुँदै छ।

छिमेकी मुलुक आफ्ना विकास कार्यक्रमका लागि एक वर्ष अघि नै मौसमपूर्वानुमान गर्न सक्षम भइसक्दा पनि नेपाल अझै जनशक्ति र प्रविधिका हिसाबले पुरातन र चुनौतीपूर्ण अवस्थामा रहेको नेपाली मौसमविद्हरू बताउँछन्।

कमजोर पूर्वाधार चुनौती

नेपालमा सन् १९८३ ताका जनसङ्ख्या तथ्याङ्क विश्लेषण गर्न पहिलो पटक कम्प्युटर ल्याइएको थियो। कम्प्युटर प्रविधि मौसम पूर्वानुमान र विश्लेषणमा प्रयोग हुन भने ४० को दशक नै कुर्नुपर्‍यो। ५० वर्षको इतिहासमा हालसम्म पनि उही पुरानै कालखण्डको सामान्य कम्प्युटरमा निर्भर छ नेपालको पूर्वानुमान। जलतथा मौसम विज्ञान विभागको स्थापना चरणमा १०० हाराहारी जनशक्तिले त्यति नै सङ्ख्यामा रहेका स्टेसन व्यवस्थापन गर्थे।

हाल देशभरमा वर्षा मापन, हावापानी र स्वचालित केन्द्र गरी कुल ५८७ वटा स्टेसन छन्। ती सबैको व्यवस्थापनका लागि २५१ जनशक्ति परिचालित छन्। दक्ष जनशक्तिको टड्कारो अभाव विभागले झेलिरहेको मौसमविद्को भनाइ छ। गोरखापत्र दैनिकमा खबर छ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..