
काठमाडौ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ ।
जयपुरस्थित सवाईमानसिंह मैदानमा हुने आजको खेल राति ८ बजेबाट सुरु हुनेछ । हैदरावाद १० खेलबाट १० अङ्क जोड्दै तालिकाको चौथों स्थानामा छ भने राजस्थान ११ खेलबाट ८ अङ्क जोड्दै तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
यसअघि हिजो भएको खेलमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किङ्गसलाई ४६ रनले पराजित गरेको छ । मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको चेन्नई १७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९ रनमा समेटियो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो ।
जितसँगै मुम्बई लिगको दोस्रो स्थानमा उक्लिएको छ । मुम्बईले ११ खेलबाट १४ अङ्क जोडेको छ । पराजित चेन्नई १२ खेलबाट १६ अङ्क जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।