नेकपा विप्लवबाट नाम हटाउन आग्रह

बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङले नेत्र विक्रम चन्द विप्लव समुहमा आबद्ध भएका केही व्यक्तिहरुको नाम विप्लव समुहको अभिलेखबाट हटाएको छ ।

तीनजना युवाहरुले आफु विप्लव समुहको नभएको भन्दै नाम हटाउन निवेदन दिएपछि प्रहरीले नाम हटाएको हो । सन्दिप मल्ल, सन्तोष दौल्यालले आफ्नो नाम हटाउन आग्रह गरेको प्रहरी निरीक्षक नैन बहादुर साउँदले जानकारी दिनुभयो ।

उनीहरुले आफु नेकपा विप्लव समुहमा नरहेको र आगामी दिनमा समेत नरहने प्रतिवद्धता पत्रसहित जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । हिजो जिल्ला प्रहरी कार्यालयमा निवेदन परेपछि उनिहरुको नाम अभिलेखबाट हटाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..