
रुपन्देही । रुपेन्देहीका नागरिक आर्युवेदिक औषधिप्रति आकर्षित भएका छन् ।
आयुर्वेदिक औषधिले प्रतिकुल प्रभाव नपार्ने भएकोले पनि यसप्रति नागरिकको आकर्षण बढेको हो । तिलोत्तमा ७ मा रहेको करहिया आयुर्वेद औषधालयमा दैनिक ९० जना सम्म बिरामी उपचारका लागि पुग्ने गरेको अस्पतालले जनाएको छ ।
केही समय औषधि अभावका कारण अस्पतालमा बिरामीको संख्या घटेपनि औषधि अभाव हटेपछि बिरामीको संख्या फेरि बढ्न थालेको करहिया आयुर्वेद औषधालयका प्रमुख बलाराम सुवेदीले जानकारी दिनुभयो ।
सरकारले निःशुल्क रुपमा वितरण गरेको आयुर्वेदिक औषधिबाट धेरै बिरामीहरुले सेवा लिइरहेका छन् ।