सामुदायिक विद्यालयमा पढाउन निर्देशन

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले राज्यकोषबाट सेवा सुविधा लिने कर्मचारीलाई आफ्ना छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिएको छ ।

राज्यकोेषबाट तलब र भत्ता खाने र निजी बोर्डिङमा पढाउने परिपाटीको अन्त्यका लागि नियम लागू गरिएको तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ ।

नगरपालिकाले अबदेखि अनिवार्य रुपमै सामुदायिक विद्यालयहरुमा पढाउनुपर्ने शिक्षा शाखाका स्रोतव्यक्ति मुकुन्द रिजालले जानकारी दिनुभयो ।

उपमहानगर कार्यपालिकाको बैठकले सरकारी सेवा सुविधा लिने शिक्षक, निजामती कर्मचारी, वकिल, प्रहरीलगायतका कर्मचारीहरुले आफ्ना छोराछोरी आनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

यसै शैक्षिक सत्रदेखि नै यो निर्णय कार्यान्वयन हुने नगरपालिकाले जनाएका छ । नियम विपरित आफ्ना छोराछोरीलाई संस्थागत विद्यालयमा पढाए कारवाही गरिने शिक्षा महाशाखाले जनाएको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..