एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ दुबई प्रहरीको नियन्त्रणमा

युएई । एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठलाई दुबई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई शुक्रबार साँझ बरदुवईबाट प्रहरीले नियन्त्रणमा लिएको हो

चितवन सेवा समाजको संयोजन तथा युएईका विभिन्न नेपाली संघ संस्थाहरुले शुक्रबार साँझ बरदुवईमा आयोजना गरेको धुर्मुस–सुन्तली साँझ कार्यक्रम स्थलबाट अध्यक्ष श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

अध्यक्ष श्रेष्ठ प्रहरी नियन्त्रणमा पर्नुको कारणबारे एनआरएनए युएईले अहिले सम्म आधिकारिक जानकारी दिएको छैन् । त्यस्तै दुबई प्रहरीले पनि उनलाई नियन्त्रणमा लिनुको कारण खुलाएको छैन् ।

पक्राउ पर्नुको आधिकारिक विषय नखुले पनि कारण आर्थिक लेनदेन विवाद भएको बुझिएको छ । अध्यक्ष रमेश श्रेष्ठविरुद्ध भापाका शङ्कर श्रेष्ठले आफूलाई दिनुपर्ने रकम नदिएकाले उजुरी दिएको बताएका छन् । त्यही शङ्कर श्रेष्ठले दिएको आर्थिक लेनदेन विवाद उजुरीका आधारमा प्रहरीले अध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएको हुन् सक्ने अनुमान गरिएको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..