महिलाले उद्योग दर्ता गरे ३५ प्रतिशत छुट

काठमाडौ । महिलाका नाममा उद्योग दर्ता गर्दा छुट दिइने भएको छ। महिला उद्यमीको मात्र स्वामित्व रहनेगरी उद्योग वा फर्म गर्दा लाग्ने दस्तुर शुल्कमा ३५ प्रतिशत छुट हुनेछ।

साथै उद्योगलाई व्यवस्थित गर्न र रुग्ण उद्योग संरक्षण गर्न विभिन्न योजना ल्याउन लागिएको सरकारले जनाएको छ। यस्तै दर्ता नगरी उद्योग सञ्चालन गरे तत्काल बन्द गर्नेदेखि जरिवानासम्म हुने भएको छ।

संघीय संसद् सचिवालयमा औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७५ मा उक्त कुरा उल्ख छ। उक्त विधेयक दर्ता भएकाले यही वैशाखदेखि नै सुरु हुने संघीय संसदको अधिवेशनमा पेश भई पारित गर्ने बताइएको छ।

उक्त विधेयकमा उद्योगी व्यवसायीलाई आयकर, भन्सार महसुलमा छुट, लघु उद्यमी तथा महिला उद्यमीलाई विभिन्न छुट सुविधा, उद्योग स्थापना गर्न जग्गा प्राप्तिमा सहजीकरणलगयत अन्य छुट र सहुलियत दिने व्यवस्था गरिएको छ। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..