कक्षा १२ को परीक्षा आजबाट सुरु, चार लाख २८ हजार बढी विद्यार्थी सहभागी

काठमाडौ । कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु भएको छ । देशभर एकैसाथ आज बिहान ७ बजेदेखि शुरु भएको कक्षा १२ को परीक्षामा चार लाख २८ हजार ५२ जना विद्यार्थी सहभागि भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

आगामी २६ गते सम्पन्न हुने कक्षा १२ को परीक्षातर्फ साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहनेछ । यस्तै वैशाख २९ गतेबाट सुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको हो । कक्षा ११ को परीक्षामा पाँच लाख आठ हजार चार सय ९४ परीक्षार्थी सहभागी हुनेछन् ।

जेठ ८ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहनेछ । बोर्डले परीक्षाका लागि देशभर एक हजार एक सय सात परीक्षा केन्द्र निर्धारण गरेकामा सबभन्दा बढी परीक्षा केन्द्र काठमाडौँमा एक सय २२ वटा र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक/एक परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका सदस्यसचिव दुर्गा अर्यालको भनाइ छ ।

परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि परीक्षामा विशेष व्यवस्था गरिएको छ । कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।

यसैबीच, परीक्षालाई मर्यादितरूपमा सञ्चालन गर्न १३ हजार २ सय ८४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । परीक्षामा अमर्यादित कार्य गर्नेलाई छ महिना कैद र एक लाख रुपियाँसम्म जरिवानाको व्यवस्था गरिएको अर्यालले बताउनुभयो । साथै एसईई परीक्षामा प्रश्नपत्र बाहिरिएपछि प्रश्नपत्र राखिएको कोठामा २४ घण्टा सीसीटीभीको व्यवस्था गरिएको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..