काँग्रेसमा पार्टीभित्र अनुशासन उल्लंघन गर्नेलाई कारवाहीको तयारी

काठमाडौ । नेपाली काँग्रेसमा पार्टीभित्र अनुशासन उल्लंघन गर्नेलाई कारवाही गरिने भएको छ । केन्द्रीय अनुशासन समितिले छलफल गरेर देशभरीभर निर्देशिका पठाउने छ ।

पार्टीीभित्र एक–अर्कालाई दोषारोपण गर्ने, नंग्याउने र पार्टीलाई कमजोर गराउने पार्टीका शीर्ष नेतादेखि कार्यकर्तासम्मलाई निगरानीमा राख्ने गरी कार्यविधि बन्दैछ ।

केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । पार्टीको नयाँ विधानअनुसार गठित अनुशासन समितिले चैत मसान्तभित्र उजुरी दिन ७७ वटै जिल्लालाई पत्राचार गरेको थियो । सबै जिल्लाबाट प्राप्त १२० उजुरी परेका छन ।

ती उजुरीमाथि छानबिन गर्न आजदेखि केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ । बैठक लगातार बस्ने र पार्टीको विधान, चारसंहिता, आचारण विपरित गएको पाइए कारवाही गरिने केन्द्रीय अनुशासन समितिका संयोजकमा भीष्मराज आङ्दम्बेले जानकारी दिनुभयो ।

वैशाख २५ देखि जेठ २५ सम्म एक महिने जनजागरण अभियानका विषया पनि समितिमा छलफल हुनेछ । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अन्तर्घातहरू गर्नेहरुको उजुरी पनि परेको छ । उजुरीमध्ये छानबिनपछि २५० जनालाई स्पष्टीकरण माग गरिएको र १११ जनाले स्पष्टीकरण पेस गरेका छन् ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..