प्रकाश कार्कीको ‘विश्वास’ सार्वजनिक ( भिडियो )

अस्ट्रेलिया बस्ने नेपाली कलाकारहरुको गीत संगीत प्रतिको मोह गजबको छ। बिदेशको बेस्त दैनिकीका बावजुद पनि नेपाली गीत संगीतको बिकास र बिस्तारमा नेपाली कलाकारहरुले पुर्याएको योगदान ठुलो छ।

विगत १० वर्ष देखि अस्ट्रेलियामा बस्दै आएका गायक प्रकाश कार्कीले नयाँ गीत ” बिश्वास” सार्वजनिक गरेका छन् । सानै देखि गीत संगीतमा निकै रुचि राख्ने गायक कार्की पेशाले सिभिल इन्जिनियर हुन् ।

केहि दिन अघि उनको नयाँ गीत ” बिश्वास” डिजिटल बजारमा सार्वजनिक भएको छ । यस गीतलाई मिडिया र दर्शक बाट राम्रो प्रतिक्रिया प्राप्त भैरहेको छ। यस गीतमा स्वर गायक प्रकाश कार्कीको रहेको छ भने शब्द र संगीत प्रकाश कार्की र स्वतन्त्र सङ्म्यानको रहेको छ ।

गीतको एरेञ्ज्मेन्ट गोपाल रसाइलीले गरेका हुन् । हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतको अफिसियल भिडियो आउने तयारीमा छ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..