मण्डपबाटै बेहुला बेहुलीसहित चार पक्राउ

काठमाडौं । विवाह गर्न लागेका एक जोडीलाई प्रहरीले विवाह मण्डपबाटै पक्राउ गरेको छ ।

संखुवासभाको खाँदबारी नगरपालिका ६ तल्लो पाँठाबाट प्रहरीले बाल विवाह गरेको अभियोगमा बेहुला बेहुलीसहित चार जनालाई पक्राउ गरेको हो ।

बाल विवाह हुदैछ भन्ने सुचना पाएर पुगेको प्रहरी टोलीले जितबहादुर तामाङ, कैलाशपति तामाङ, जानुका तामाङ, तीर्थ तामाङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बेहुलीको उमेर १८ बर्ष नपुगेका कारण पक्राउ गर्नु परेको प्रहरीले दावी गरेको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..