आज देशका प्रायः भूभागमा मौसम सफा रहने, हेर्नुस् तीन दिनको मौसमसम्बन्धी जानकारी

काठमाडौं । आज देशको पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली, मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी भेगका केही स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ। मौसम पूर्वानुमान शाखाले तीन दिनको मौसम यस्तो रहने अनुमान गरेको छ ।

बैशाख १६ गते (सोमबार)
दिउँसोः देशको पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली, मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी भेगका केही स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

राति: देशको पूर्वी पहाडी भेगमा आंशिक देखि सामान्य बदली, मध्य र पश्चिमी पहाडी भेगमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पूर्वी पहाडी भेगका थोरै स्थानमा तथा मध्य र पश्चिमि पहाडि भेगका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

बैशाख १७ गते (मंगलबार)
दिउँसोः देशको पूर्वी भूभाग लगायत मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बांकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी भेग लगायत मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

राति: देशका पहाडी भेगमा मौसम आंशिक देखि सामान्य बदलि रहनेछ। देशका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

बैशाख १८ गते (बुधबार)
दिउँसोः देशको पश्चिमी पहाडी भेगमा सामान्य बदली, मध्य र पुर्वी पहाडी भेगमा आंशिक देखि सामान्य बदलि र बाँकी भूभागमा मौसम आंशिक बदलि रहनेछ ।देशका पश्चिमी पहाडी भेगका केहि र बाँकी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

राति: देशको पश्चिमी पहाडी भेगमा सामान्य बदली, मध्य र पुर्बी पहाडी भेगमा आंशिक देखि सामान्य बदलि र बांकि भू(भागमा मौसम आंशिक बदलि रहनेछ । देशका पहाडी भेगका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..