आइपीएलमा आज पञ्जाव र हैदरावाद खेल्दै, दिल्ली ७ वर्षपछि प्ले अफमा

काठमाडौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गता आज सनराइजर्स हैदरावाद र किंग्स इलेभन पञ्जाव बीच खेल हुने भएको छ ।

हैदरावादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय मैदानमा हुने खेल आज राति ८ बजेबाट सुरु हुनेछ । ११ खेलबाट १० अङ्क जोडेको हैदरावाद तालिकाको चौथों स्थानमा छ भने समान खेलबाट समान अङ्क जोडेको पञ्जाव छैटों स्थानमा रहेको छ ।

यसअघि हिजोराति भएको खेलबाट दिल्ली ७ वर्षपछि प्ले अफमा पुगेको छ । दिल्लीले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको बैंगलोरले ७ विकेट गुमाएर १ सय ७१ रन मात्र बनाउन सक्यो ।

टस जितेर पहिले ब्याटिङ घरेलु टोली दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । जितसँगै दिल्ली सन् २०१२ पछि पहिलो पटक आईपीएलको प्ले अफमा पुग्न सफल भएको हो ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..