भारतमा लोकसभा चुनावको चौथों चरणको चुनाव हुँदै

नयाँ दिल्ली । भारतमा लोकसभा चुनाव अन्र्तगत आज चौथों चरणको चुनाव हुँदैछ । ९ राज्यको ७२ सिटका लागि विहानैदेखि मतदान जारी छ ।

महाराष्ट्रको १७, राजस्थान र उत्तर प्रदेशको १३÷१३, पश्चिम बंगालको ८, मध्य प्रदेश र उडिशाको ६÷६, बिहारको ५ र झारखण्डको ३ सिटमा मतदान जारी छ । यसका साथै जम्मू काश्मिरको अनंतनागमा पनि लोकसभाको सिटको लागि मतदान हुने भारतीय चुनाव आयोगले जनाएको छ ।

चौथों चरणको चुनावमा भारत सरकारका केन्द्रीय मन्त्री, कांग्रेस नेता सहित ९ सय ६१ जना चुनावी मैदानमा छन् । चौथों चरणको चुनावमा झन्डै १२ करोड ७९ लाख जनताले मतदान गर्नेछन् । चुनावका लागि एक करोड ४० लाख मतदान केन्द्र निर्धारण गरिएको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..