डोम समुदाय अझै सबै क्षेत्रमा पछाडि

पर्सा । प्रदेश नम्बर २ का डोम समुदायमा अझैंपनि सेवा, सुविधा र अधिकारबाट बञ्चित छन् । डोम समुदाय भित्र व्यवस्थीतबास स्थान, राम्रो सेवा सुविधा नुहँदा उनीहरुको जीवन कष्टकर बनिरहेको छ ।

प्रदेश नम्बर २ को जनसङ्ख्या ५५ लाखको हाराहारीमा छ । त्यसमध्ये १८ लाख भन्दा बढि दलित समूदायका मानिस छन् । दलित समूदायमा पनि सबैभन्दा पछि परेको डोम समूदायको जनङ्ख्या २० हजार जति छ ।

शिक्षामा पहुँच बढाउन सके, डोम समूदायको विकास गर्न सकिने दलित अगुवाहरु बताउँछन् । डोम समूदायमा सुंगुर पाल्ने परम्परागत चलन छ । उनीहरु बाँसका सामान बनाउन पनि सिपालु छन् ।

तर स्थानीय, प्रदेश र संघीय सरकार कसैले पनि डोम समूदायको विकासमा चासो नदिएको उनीहरुको गुनासो छ । प्रदेश नम्बर २ को सरकार आगामी आर्थिक वर्षको बजेटबाट डोम समूदायलाई सम्बोधन गर्ने तयारीमा रहेको सामाजिक विकासमन्त्री नवलकिशोर शाहले बताउनुभयो ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..