
काठमाडौ । विश्व नृत्य दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि सोमबार मनाइँदैछ । अन्तर्र्रािष्ट्रय तथा विश्व नृत्य दिवस अङ्ग्रेजी पात्रोअनुसार हरेक वर्ष अप्रिल महिनाको २९ तारिखमा पर्छ ।
नृत्य कलालाई उचित सम्मान, त्यसप्रति मानिसको ध्यानाकर्षण तथा चेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गरी विविध नृत्यकला प्रदर्शन गरी यो दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ युनेस्कोसँग सहकार्य गरेको इन्टरनेशनल थिएटर इन्ष्टिच्युटको अन्तर्र्रा्ष्ट्रिय नृत्य समितिले सन् १९८२ मा पहिलो पटक यो दिवस मनाएको थियो ।
त्यसपछि अन्तर्राष्ट्रिय नृत्य परिषदले दिवसको प्रवद्र्धन गरेको हो । कार्यक्रममा नेपाल म्युजिक सेन्टर ट्रष्टले दिवसमा नृत्य कलाकार बेटी बज्राचार्यलाई सम्मान गर्ने बताएको छ ।