भर्ना शुल्क फिर्ता गर्न नेविसंघको माग

बाजुरा । नेपाली विद्यार्थी संघले सामुदायिक विद्यालयले लिएको शुल्क फिर्ता गर्न माग गरेको छ ।

नि ःशुल्क शिक्षाका नाममा सामुदायिक विद्यालयले नियम विपरित विना रसिद शुल्क लिएकोले रकम फिर्ता गर्न माग गरेका हो ।

चर्को शुल्क असुली गरी गरिब विपन्न समुदायलाई बालबालिकालाई शिक्षा आर्जनबाट वञ्चित गराएको प्रति नेविसंघले गम्भिर ध्यानाकर्षण गराएको छ ।

सो विषयमा नेविसंघले हिजो मात्र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । सामुदायिक विद्यालयले नियम विपरित शुल्क लिएको र संस्थागत विद्यालयले चर्को शुल्क असुली गरेकोले रोक्नु पर्ने माग उनीहरुको छ ।

नेविसंघले जिल्ला प्रशासन कार्यालय बाजुरा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..