भारतसँग जोडिएका ११ वटा सीमा नाका बन्द

महोत्तरी । भारतमा भइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमानाका शिल गरिएको छ ।

भारतको विहार राज्यअन्तर्गत मुज्जफरपुर जिल्लामा आज भइरहेको विधानसभा निर्वाचनलाई ध्यानमा राख्दै आइतबार साँझ ५ बजेदेखि आज साँझ ५ बजेसम्मका लागि महोत्तरीका सीमानाका शिल गर्नुका साथै सीमानाका क्षेत्रमा उच्च सतर्कता अपनाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

अहिले सीमानाकामा नेपाल भारत दुवैतर्फ सुरक्षाकर्मी परिचालन गरिएको छ भने अत्यावश्यक सेवाबाहेकका सवारी र मानिसको आवतजावतमा रोक लगाइएको छ भने सीमा क्षेत्रको नेपाली बजारमा मदिरा पदार्थको बेचबिखनमा पनि रोक लगाइएको छ । रासस

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..