बहुविवाह गर्ने दुबै कारवाहीमा

अछाम। बहुविवाह गरेको अभियोगमा प्रहरीले पञ्चदेवल विनायक नगरपालिका–६ का २२ वर्षीय नवीन रावल र कमलबजार नगरपालिका– ४ चाल्साका २० वर्षीय रम्बा थापालाई पक्राउ गरेकोे छ।

नवीनकी श्रीमती मेनुका बटाला (रावल)ले आफ्नो श्रीमान् वैशाख ९ गतेबाट दोस्रो विवाह गरी फरार रहेकाले खोज तलास गरी पाउँ भन्दै उजुरी गर्नुभएपछि प्रहरीको टोलीले दुवैजनालाई सुर्खेतबाट पक्राउ गरेको थियो।

बहुविवाह गरी अछामबाट भागेर सुर्खेतको वीरेन्द्रनगर–६ स्थित बजारमा रहेको होटलमा बसिराखेको अवस्थामा वैशाख १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए।

श्रीमती बटाला (रावल) ले बहुविवाह सम्बन्धी कसूरमा कारबाहीका लागि जाहेरी गरेकामा दुबैलाई अछाम जिल्ला अदालतबाट म्याद थप गराई हिरासतमा लिई अनुसन्धान थालिएकोे उनले जानकारी दिए।रासस

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..