पाल्पामा जन्ती बोकेको जीप दुर्घटना, ५ जनाको मृत्यु (नामावली सहित)

पाल्पा । पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ।

सोमबार निस्दी गाउँपालिका वडा नं ७ भिरपानीबाट हुवास जाँदै गरेको लु १ ज १९४१ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

मृत्यु हुनेमा निस्दी गाउँपालिका ७ चारघरेका ४६ वर्षीय खड्क बहादुर सोमै, सोही ठाउँका ५६ वर्षीय देबिलाल खन्गाहा, ४६ वर्षीय लाल बहादुर सारु, ५८ वर्षीय सन्त बहादुर सारु र बतन नखुलेको चालक बुद्धिबल सोती रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

जीप अनियन्त्रित भइ सडकबाट ३ सय ५० मिटर तल खसेको छ। जीपमा सबार ६ जना मध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

जीपमा सबार १ जना भने सकुशल रहेको प्रहरी चौकी रुप्सेभञ्ज्याङ पाल्पा, इलाका प्रहरी कार्यालय रामपुर र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट उद्धारका लागि खटेको टोलीले जानकारी दिएको छ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..