के भन्छ आज मंगलबार तपाईको भाग्य ? पढ्नुस आजको राशिफल

आज मिति २०७६ साल वैशाख १७ गते । इश्वी सन् २०१९ अप्रिल ३० तारिख । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । नेपाल संवत् ११३९ चौलागा । वैशाख कृष्णपक्ष । एकादशी तिथि मंगलबार ।

मेष : ग्रह,गोचर ठीकै देखिन्छ । समयमा कार्य सम्पादन गर्नेतिर जोड दिनु होला । प्रयत्न गरेमा बक्यौता रकम उठ्नेछ । उद्योग,पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । आफन्तजनबाट सहयोग सहानुभूति मिल्नेछ । समयको सदुपयोग गर्नु होला । धन लगानी नगर्नु होला । ढिला सुस्ति भएमा उपलब्धि कम हात लाग्नेछ ।

वृष : दिन सामान्यतया अनुकुल नै देखिन्छ । काममा देखिएका समस्या कम भएर जानेछन् । पठन पाठनमा कम प्रगति हुनेछ । कुरा काट्नेहरु सहयोग गर्न अग्रसर हुनेछन् । सामाजिक काममा अभिरुची बढ्नेछ । गएका ठाँउमा इज्जत प्रतिष्ठा,मान सम्मान मिल्नेछ । पराक्रम बढ्नेछ । लोभ मोह बढ्नेछ । भौतिक सुख सुविधामा वृद्धि हुनेछ ।

मिथुन : समयमा सामान्य सुधार आउनेछ । आध्यात्मिक चिन्तन बढ्नेछ । भौतिक वस्तु गुमाउनु पर्ला । व्यापार व्यवसायमा सामान्य प्रगति हुनेछ । फलदायी यात्राको सम्भावना देखिन्छ । नोकरी तथा राजनीतिबाट सन्तुष्टि कम मिल्नेछ । बाह्य काममा ध्यान केन्द्रित हुदा आफ्ना उपलब्धिका काम ओझेल पर्ने छन् ।

कर्कट : नसोचेको,नचिताएको परिणाम आउनेछ । काम गर्ने वातावरण विग्रिएर जानेछ । आफन्तका क्रियाकलापले मनमा चिसो पस्ने काम हुन सक्छ । अन्तिम चरणमा पुगेका काम रोकिने छन् । भाग्यले कम साथ दिनेछ । अनावस्यक खर्च बढ्ने छ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । आर्थिक कारोवारमा विशेष चनाखो रहनु होला ।

सिंह : विवादित विषयको टुङ्गो लाग्नेछ । लडाईमा जीत हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ । प्रयत्न गर्नु भयो भने नयाँ फल चाख्न पाईनेछ । आयत निर्यात व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । रजोगुण बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । काममा विलम्ब गरे घाटा हुनेछ ।

कन्या : दया माया गर्ने कम हुनेछन् । कडा मेहनत गर्नु पर्ला । सामान्य खटाईबाट काम बन्ने देखिदैन । प्रतिश्पर्धा गरेर अगाडि बढ्नु पर्ने देखिन्छ । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । विरोधीसँगको लडाईमा विजय प्राप्त होला । श्रमको मुल्य लिन ठुलै कसरत गर्नु पर्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

तुला :
मनलाई नियन्त्रण गरेर काममा लाग्नु होला । मनोविकार त्यागेर अगाडि बढ्नु होला । घरका समस्याबाट पूर्ण मुक्ति मिल्ने छैन । घर बाहिर बसेर काम गर्दा बढि आनन्द मिल्नेछ । पढाई लेखाईमा थोरै ध्यान जानेछ । काममा आलटाल गर्दा अरुले फाइदा लिने छन् । होशियार ! देखिने भन्दा नदेखिने शत्रु बढि हुनेछन् ।

वृश्चिक : कर्म हिनताको अवस्था आउन सक्छ । घरयासी खर्च वृद्धिले आर्थिक स्थिति कमजोर बन्नेछ । काम गर्ने जोश जागर घट्नेछ । मनमा एक प्रकारको चिन्ताले बास गरि रहनेछ । स्वास्थ्य कमजोर बन्ला । मनले सुख शान्तिको खोजी गर्नेछ । व्यापार व्यवसायमा मन्दि लाग्नेछ । सहयोगी मन हराउने छन् ।

धनु : समयले सामान्य साथ दिनेछ काममा कत्ति पनि विलम्ब नगर्नु होला । काम गर्ने वातावरण थोरै बन्नेछ । उद्योग,पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी राम्रो हुनेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । काम गरेर अरुबाट प्रशंसा भने पाईने छैन,उल्टो कुरा काट्ने छन् । आर्थिक कारोवारमा भने सचेत रहनुहोला ।

मकर : दिन मध्यम देखिन्छ । काममा स्थायीत्व दिनु पर्ने देखिन्छ । बोलिको प्रभाव थोरै पर्नेछ । इष्टमित्रबाट सहयोग कम मिल्नेछ । मेहनतपूर्वक गरेका काम सफल हुने छन् । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । मनमा भ्रम पालेर नबस्नु होला । जीवन साथीको सहयोग लिएर काम गर्नु होला । पढाईमा ध्यान कम जानेछ ।

कुम्भ : शरीरिक एवं मानसिक स्फूर्ति घट्ने छैन । काममा देखिएका समस्या कम भएर जाने छन् । अनावस्यक खर्चमा थोरै कमी आउनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । भोज भतेर,सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । धार्मिक कार्यमा सहभागि हुन पाईनेछ । सहयोगी मन भेटिने छन् । भौतिक चिन्तान बढि हुनेछ ।

मीन : दिन त्यति अनुकुल देखिदैन । काम गर्ने बातावरण देखिदैन । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । काम गर्दा विभिन्न खालका समस्या झेल्नु पर्नेछ । अनावस्यक खर्च बढ्नेछ । नगरेका कामको अपयश लिनु पर्नेछ । विश्वासमा धोका हुनसक्छ । नयाँ क्षेत्रमा धन लगानी नबढाउनु होला । सुधारको लागि समय कुर्नु पर्नेछ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..