आईपीएल क्रिकेटमा सनराइजर्सको सहज जित

काठमाडौ । आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावादले किङ्ग्स इलाभेन पञ्जाबविरुद्ध सजिलै जित हात पारेको छ ।

आफ्नै घरेलु मैदान राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा हैदरावादले पञ्जाबलाई ४५ रनले पराजित गरेको हो । २ सय १३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६७ रन मात्रै बनायो ।

पञ्जाबका लागि केएल राहुलले उत्कृष्ट प्रदर्शन गर्दै ७९ रन बनाउनुभयो । टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । हैदरावादका लागि डेभिड वार्नरले उत्कृष्ट ब्याटिङ गर्नुभयो ।

जितसँगै हैदरावादको प्लेअफमा पुग्ने सम्भावना बढेको छ । १२ खेलबाट ६ खेलमा जित र ६ खेलमा हार ब्यहोरेको हैदरावादको १२ अङ्कसहित लिग तालिकामा चौथो स्थानमा छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..