महिला च्याम्पियनसिपको दोस्रो चरण छनोटमा आज नेपालले म्यानमारसँग खेल्दै

काठमाडौ । एएफसी १९ वर्ष मुनिको महिला च्याम्पियनसिपको दोस्रो चरणको छनोटमा आज नेपालले आयोजक म्यानमारसँग खेल्दैछ ।

मण्डलर थिरी स्टेडियममा नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

यसअघि दुबै खेलमा पराजित हुँदै छनोट चरणबाटै बाहिरिसकेको नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेलमा म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

म्यानमार नेपालभन्दा बलियो टिम हो । अङ्क तालिकामा म्यानमार दोस्रो स्थानमा छ । उसले तीन अङ्क बटुलेको छ । नेपाललाई पराजित गर्दै अघिल्लो चरणको ढोका खोल्ने लक्षमा म्यानमार रहनेछ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..