पोखरा विश्वविद्यालयका नेविसङ्घ नेता नवराज त्रिपाठी काठमाडौँबाट पक्राउ

काठमाडौ । नेविसङ्घका पोखरा विश्वविद्यालय विभागका विद्यार्थी नेता नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर परीक्षा सञ्चालन गरेका निजी कलेजलाई कारबाहीको माग गर्दै विरोध गर्ने क्रममा त्रिपाठीलाई प्रहरीले काठमाडौबाट बिहान पक्राउ गरेको हो ।

काठमाडौँको पुरानो बानेशवरस्थित सायम कलेजमा परीक्षाको विरोध गर्दै गर्दा पक्राउ परेका नेता त्रिपाठीलाई तीनकुनेस्थित प्रहरी कार्यालयमा राखिएको छ । विश्वविद्यालयअन्तर्गत ४२ कलेजले ३ सय ४४ विद्यार्थीको तोकिएको मापदण्ड नपु¥याई भर्ना गरेका थिए ।

नेविसङ्घले परीक्षा केन्द्र तोकेका कलेजमा तालाबन्दी गरेको थियो भने कलेजलाई कारबाहीको माग राख्दै आन्दोलनमा उत्रिएको थियो । यसअघि तीन पटकसम्म परीक्षा स्थगन भएसँगै निजी कलेजका तर्फबाट सर्वोच्चमा मुद्दा दायर भएको थियो ।

गत बुधबार पोखरा विश्वविद्यालयका नाममा आदेश जारी गर्दै सर्वोच्चले रजिष्ट्रेसन नम्बर उपलब्ध गराउन निर्देशन दिएको थियो । रिटको अन्तिम टुङ्गो नलागेसम्म विद्यार्थीलाई रजिष्ट्रेसन नम्बर उपलब्ध गराई परिक्षामा सहभागी गराउन सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..