गाग्री बोकेर घण्टौं हिड्नुपर्ने बाध्यता हट्यो

बागलुङ । खानेपानी अभावले कष्ट भोगिरहेका तमानखोला गाउँपालिका–६ नर्जाका बासिन्दाका लागि अब सुखका दिन फिरेका छन् । गाग्री बोकेर घण्टौं धाउनुपर्ने बाध्यता हटेको छ ।

अहिले यहाँको घरैपिच्छे धारा छ । ‘एक घर एक धारा’को अवधारणाअन्तर्गत दुई वर्ष लगाएर काम सम्पन्न गरिएको हो गाउँपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा गाउँपालिकाको १५ लाख, चालू वर्ष १९ लाख र जनसहभागिताबाट ६ लाख रुपैयाँ गरी ४० लाख लागतमा खानेपानी आयोजना सम्पन्न गरिएको गाउँपालिका प्रमुख जोकलाल बुढाले जानकारी दिनुभयो ।

पुस्तौंदेखि समस्या भोग्दै आएका स्थानीय घरमै पानी आएपछि निकै खुशी भएका छन् । गाउँबाट पाँचसय मिटर माथि रहेको बराहकोट, महरिरेखोला मुहानबाट पानी ल्याएर नजा गाउँका १ सय १० व्यक्तिगत तथा ६ सार्वजनिक घरमा खानेपानीको सहज आपूर्ति गराइएको बराहकोट खानेपानी आयोजनाका अध्यक्ष चित्रबहादुर छन्त्यालले बताउनुभयो ।

‘गाउँ भौगोलिक हिसाबले निकै टाढा–टाढा छरिएकाले पानी लिन घण्टौं हिँड्नुपर्ने बाध्यता थियो,’ उहाँले भन्नुभयो, ‘एक घर एक धाराले समयको बचत मात्र होइन, बचत भएको पानीबाट कृषिजन्य उत्पादन गर्नसमेत सहयोग पु-याउनेछ ।’

घरमै पानीको धारा आएपछि आफूहरुलाई निकै सजिलो भएको स्थानीय जालबहादुर रसाइलीले बताउनुभयो । गाउँपालिकाका अधिकांश क्षेत्रमा खानेपानी समस्या छ । दुई वर्षभित्र सबै वडामा ‘एक घर एक धारा’ कार्यक्रम लागू गर्ने गाउँपालिका प्रमुख बुढाले बताउनुभयो ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..