नेपालकै एकमात्र चमेरा संरक्षण क्षेत्र ओझेलमा पर्दै

कपिलवस्तु । नेपालकै एकमात्र चमेरा संरक्षण क्षेत्र ओझेलमा पर्दै गएको छ ।

पर्याप्त प्रचार प्रसारको कमी र सम्बन्धित निकायको बेवास्ताका कारण २०७० सालमा घोषणा गरिएको चमेरा संरक्षण क्षेत्र ओझेलमा परेको हो । राष्ट्रिय निकुञ्ज र बन्यजन्तु आरक्ष बाहेक संरक्षण क्षेत्र घोषणा गरिएको यो नेपालमा पहिलो हो ।

चमेरा दिनानुदिन लोप हुन थालेकाले कपिलवस्तु नगरपालिका–३ देबानगढीयाको एक हेक्टरलाई सँरक्षण क्षेत्र घोषणा गरिएको हो ।

देबानगढीया स्थित राधादेवी रायमाझीको स्वामित्वमा रहेको पोखरीको डिलमा रहेका १ दर्जन रूखमा ५ सय हाराहारी चमेरा बस्ने गर्दछन् ।
संरक्षण क्षेत्र घोषणा गरिएता पनि सरोकारवालाले कुनै वास्ता नगर्दा अहिले अस्तित्व नै संकटमा परेको छ । बिपद्को संकेत गर्ने देखि लिएर जैबिक बिबिधताको दृष्टिकोणले समेत उपयुक्त चमेराको संरक्षणका लागी स्थानीय सरकारले बिशेष पहल गर्नुपर्ने स्थानीय नारायण तिमिल्सिनाको भनाइ छ ।

कपिलबस्तु नगरपालिका वडा नम्बर ३ मा पर्ने संरक्षण क्षेत्रका लागी स्थानीय तहले पहलकदमी गर्ने जनाइएको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..