स्काईभेटर नदी खस्दा चालक घाइते

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकामा रहेको खार्पुनाथ सडक खण्डको घुम्ने ठाउँमा पहिरो जाँदा स्काईभेटर कर्णाली नदीमा खसेको छ ।

सडक खन्ने क्रममा माथिबाट खसेको पहिरोले स्काईभेटर पुरिंदा चालक बिष्णु बुढा घाईते हुनुभएको छ । घाईते चालक बुढालाई उपचारको लागि जिल्लामा रहेको स्वाथ्य कार्यलयमा हुम्लामा पुराएको खार्पुनाथ गाउँपालिका प्रशासकिय अधिकृत चन्द्रविर शाहीले जानकारी दिनु भयो ।

घाईतेको टाउँको र पेटमा गहिरो चोट लागेको बताईएको छ । घाईते चालक लाई खार्पुनाथ स्वाथ्य चौकीले जिल्ला अस्पतालमा रिफर गरिएको छ । घाईते हुने सर्केगाढ गाउँपालिका रोडिका निवासी ३५ वर्षीय कृष्ण बहादुर बुढा लाई उद्धार गरिएको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..