रत्नगरमा विद्यार्थी भर्ना अभियान प्रभावकारी बन्दै

चितवन । ‘हाम्रो नगर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुराऔँ’ भन्ने नारासहित सुरु भएको विधार्थी अभियान रत्ननगर नगरपालिकामा चितवनमा प्रभावकारी हुँदै गएको छ ।

सरकारले जारी गरेको विधार्थी भर्ना अभियानमा यतिबेला जनप्रतिनिधि, शिक्षक, अभिभावक र शिक्षाप्रेमीहरुले घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।

यतिबेला सामुदायिक विद्यालयहरुमा विधार्थी संख्या कम भइरहेको बेलामा भर्ना अभियानले विधार्थी संख्या थप्न मद्दत पुग्ने विधालयका प्रधानाध्यापकरुले विस्वास व्यक्त गरेका छन् ।

रत्ननगर नगरपालिकामा केहि दिन अघि मात्रै सरुवा भई आउनु भएको शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख बद्धिनारायण शर्माले रत्ननगरमा पनि भर्ना अभियानले राम्रो प्रभाव परेको वताउनु भएको छ ।

शर्माका अनुसार सामुदायिक विद्यालयले पनि शैक्षिक गुणस्तर वृद्धि भएको कारण पहिलाको जस्तो अवस्था नरहेको र कतिपए सामुदायिक विधालयमा भर्ना गर्ने विधार्थी संख्याको चापले अघिल्लो वर्ष भन्दा यस वर्ष राम्रो रहेको उहाँले वताउनु भएको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..