पाँचौ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडौ । सशत्र प्रहरीको एपीएफ क्लबले पाँचौ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

आज भएको फाइनल खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३÷० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि हात पारेको हो । लगनखेलस्थित आर्मी कर्भडहलमा एपीएफले आर्मीमाथि २५–१४, २५–९ र २५–१५ को सेटमा जित निकालेको थियो ।

उपाधिसँगै एपीएफले २ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले १ लाखमा चित्त बुझाएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..