मौसम परिवर्तनसँगै जिल्ला अस्पतालमा बिरामीको संख्या बढे

बाजुरा । गर्मी समय लागेपछि जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा मौसमी रोगका बिरामी बढेका छन् ।

झाडापखाला, टाईफाइड, भाइरल ज्वरो, रुघाखोकी, आउँ र हैजा जस्ता रोग देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सुचना अधिकारी कुल बहादुर रावलले बताउनुभएको छ ।

अहिले दिनुहँ जसो ज्वरो आउने, रुघाखोकी लाग्ने, कडा टाउको दुख्ने जस्ता लक्षण लिएर उपचारमा पुग्ने गरेका छन् । एक सातादेखि मौसमी रोगका बिरामीहरु उपचारका लागि आउन थालेको छन् । हिजो आज दैनिक १ सय ५० जना झाडापखाल, रुघाखोकी र ज्वरोका बिरामी मात्र आइरहेका छन् ।

मौसमी बिरामीहरु बढी आउन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । सामान्य मानिएका मौसमी रोगमा ध्यान नदिँदा स्वास्थ्यमा गम्भिर असर पर्ने भएकाले सरसफाई र उचित खानपिनमा ध्यान दिनुपर्ने चिकित्सकले सुझाव दिएका छन् ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..