चीनको भ्रमण छोट्याएर राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौँ । चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता भएकी छन्। स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति भण्डारी निर्धारित समयभन्दा एक दिन अगाडि नै स्वदेश फिर्ता भएकी हुन्।

राष्ट्रपति भण्डारीको स्वागत गर्न उप राष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उप प्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेल, सभामुख कृष्ण बहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना लगाएतका मन्त्री तथा नेताहरु त्रिभुवन विमानस्थल पुगेका थिए।

उनलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले बिदाइ गरेका थिए। भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी भएकी थिईन्।

उनले उक्त फोरमलाई सम्बोधन गरेका थिए। यसैगरी उहाँलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार ग्रेट हल अफ द पिपल परिसरमा स्वागत गरेका थिए।

सोमबार ग्रेट हल अफ द पिपलमा दुईपक्षीय बैठक सम्पन्न भयो भने उनीहरुको उपस्थितिमा विभिन्न सात सम्झौतामा हस्ताक्षर भयो।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहेका थिए।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..