आइपीएलमा चेन्नाईसँग ८० रनले हार्‍यो दिल्ली

काठमाडौ । इण्डियन प्रिमियर लिग आइपिएलमा चेन्नाइ सुपर किंग्सले दिल्ली डेयरडेभिल्सलाई ८० रनले पराजित गरेको छ।

नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटललाई हराएसँगै चेन्नई लीग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। चेन्नईस्थित चिदमबरम क्रिकेट स्टेडियममा चेन्नईले दिएको १८० रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको दिल्ली १६ ओभर २ बलमा अलआउट हुँदै ९९ रनमा समेटियो।

दिल्लीका लागि कप्तान श्रेयस एयरले ४४ तथा शिखर धवनले १९ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्ने सकेनन्। दिल्लीलाई सस्तैमा समेट्न चेन्नईका इमरान ताहिरले ४ विकेट लिए। यस्तै रविन्द्र जडेजाले ३ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १७९ रन बनाएको थियो।

चेन्नईका लागि सुरेश रैनाले ५९ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै कप्तान महेन्द्र सिंह धोनीले अविजित ४४ रन जोड्दा फाप डु प्लेसिले ३९ रन बनाए। रविन्द्र जडेजाले २५ रन बनाए। जितसंगै चेन्नईले १३ खेलबाट १८ अंक जोडेको छ। प्रतियोगिता अन्तर्गत आज मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीच खेल हुने छ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..