प्रभावकारी प्रतिपक्षीको भूमिका खेल्ने काँग्रेसको निर्णय

काठमाडौ । संसदमा सक्रियतापूर्वक सहभागी हुँदै प्रभावकारी प्रतिपक्षीको भूमिका खेल्ने निर्णय नेपाली काँग्रेसले गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

सहमहामन्त्री प्रकाशसरण महतले पदाधिकारी बैठक सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम, पार्टीको राष्ट्रिय जनजागरण अभियान र सरकारका गतिविधिमा केन्द्रित रहेको बताउनुभयो ।

वैशाख २५ गते ७७ जिल्लामै सुरू हुने जनजागरण अभियानमा जिल्लामा केन्द्रीय सदस्य खटिएको र सात प्रदेशमा हुने जनजागरण अभियानमा खटिने पार्टी पदाधिकारीहरूको बारेमा पनि बैठकमा छलफल भएको नेताहरूले बताएका छन् ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..