मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाकोस सभापोखरी ६ स्वाचीमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

गएराति मोवाइल चार्ज गर्न खोज्दा स्वाचीका २४ वर्षका भुपाल बिक घाइते भएपछि उपचारका लागि खाँदबारी अस्पताल लिने क्रममा मृत्यु भएको हो ।

विद्युत लाईनमा हाई भोल्टेज प्रभाह भएका कारण गाउँका अन्य ६ जना समेत सामान्य घाईते भएका छन् । घरघरमा करेन्टको त्रास बढेपछि संखुवासभाको सभापोखरी गाउँपालीका भित्र पर्ने ६ वटा वडा पूर्ण रुपमा अन्धकार बनेका छन् ।

यसैबीच तपाईंको स्वास्थ्य हाम्रो अठोट भन्ने नाराका साथ सरकारले घोषणा गरेको स्वास्थ्य बीमा कार्यक्रम संखुवासभामा पनि लागु भएको छ ।

आज जिल्लाको सदरमुकाम खाँदबारीमा एक कार्यक्रम बीच स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको हो । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत खाँदबारी १ का जेष्ठ नागरिक ९१ वर्षका काजिलाल श्रेष्ठ र खाँदबारी ५ का रेवत पोखरेललाई स्वास्थ्य बीमा कार्ड प्रदान गर्दै अभियान सुरु भएको घोषणा गरिएको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..