
काठमाडौ । नेपाली काँग्रेसले संसदमा सक्रियतापूर्वक सहभागी हुँदै प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । पदाधिकारी बैठक सरकारले आज ल्याउन लागेको नीति तथा कार्यक्रम, पार्टीको राष्ट्रिय जनजागरण अभियान र सरकारका गतिविधिमा केन्द्रित रहेको सहमहामन्त्री डाक्टर प्रकाशसरण महतले कान्तिपथ डट कमलाई जानकारी दिनुभयो ।
नीति तथा कार्यक्रम हरेर तत्काल बसिरहेकै ठाउँमा छलफल गरेर तत्काल प्रतिक्रिया दिने उहाँले बताउनुभयो ।
वैशाख २५ गते ७७ जिल्लामै सुरू हुने जनजागरण अभियानमा जिल्लामा केन्द्रीय सदस्य खटिएको र सात प्रदेशमा हुने जनजागरण अभियानमा खटिने पार्टी पदाधिकारीको बारेमा पनि बैठकमा छलफल भएको कांग्रेसले जनाएको छ ।