पेट्रोल, डिजेलको मूल्य बढ्यो

काठमाडौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ । हवाई इन्धन र खाना पकाउने एलपी ग्यासमा खुद्रा बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

निगमका अनुसार गए राति १२ बजेदेखि बढेको मूल्य लागू भैसकेको छ । पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा १ , १ रुपैयाँ मूल्य बढेको छ ।

काठमाडौंको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल प्रतिलिटर १ सय ११ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलको मूल्य ९८ रुपैयाँ कायम भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकाले नेपालमा पनि मूल्य बढाउनु परेको गोइतले बताउनुभयो ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..